८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेकपा सचिवालय बैठक सकियोः अर्को बैठक मंगलबार



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजे सुरु भएको बैठक ३ बजे सम्पन्न भएको हो ।

अर्को बैठक मंगलबार अर्थात् मंसिर १६ गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक सम्पन्न भएको हो । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले लिखित रुपमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रतिवेदनलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते पेश गरेको प्रतिवेदनको जवाफको रुपमा व्याख्या गरिएको छ । प्रचण्डको प्रतिवेदनलाई ओलीले आरोप पत्रको संज्ञा दिएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७७ शनिबार ००:००  ३ : २४ बजे