२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

अब प्रधानमन्त्री ओली पनि ‘टिकटक’ मा



काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकप्रिय भिडियो शेयरिङ एप टिकटक मा खाता खोल्नुभएको छ । प्रधानमन्त्रीको @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो । उहाँको खाता भेरिफाइड समेत भइसकेको छ ।

उहाँले टिकटकमा राख्नुभएको भिडियोलाई अहिलेसम्म एक लाख ६९ हजारभन्दा धेरैले हेरेका छन् । त्यो भिडियोलाई १२ हजार जनाले लाइक गर्दा दुई सयभन्दा बढी शेयर गरिएको छ । उहाँको खातालाई अहिलेसम्म दुई हजार दुई सयभन्दा बढीले फलो गरेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७ सोमबार ००:००  २ : ४६ बजे