१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सुनको भाउ आज भने पाँच सय रुपैयाँले बढ्यो



काठमाण्डौ ।

केही दिन यता लगातारजसो घटेको सुनको भाउ आज भने बढेको छ ।सुन आज तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा सात सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको थियो ।

विश्वमा कोरोना विरुद्धको खोप बन्ने सम्भावना बढेपछि सुनको भाउ घट्न थालेको थियोे । यस्तै, आज चाँदीको पनि तोलामा ३५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा पुगेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७ मंगलबार ००:००  ११ : ५७ बजे