५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो



काठमाडौँ ।

सुनको मूल्य बुधबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइहरको छ। मंगलबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार नौ सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि नौ सय रुपैयाँले घटेर ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य तोलाको मंगलबार ९४ हजार चार सय रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर १२ सइ ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ८ पुस २०७७ बुधबार ००:००  १२ : २५ बजे