५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं ।
बिहीबार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले उकालो लागेको छ । बुधबार प्रतितोला ९ सयले ओरालो लागेको सुनको मूल्यमा आज १ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार १ सयमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन बुधबार प्रतितोला ९४ हजारमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन आज प्रतितोला ९३ हजार ६ सयमा कारोबार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला १ हजार २ सय ८० मा कारोबार भइरहेको छ । बुधबार भने चाँदी प्रतितोला १ हजार २ सय ६५ मा कारोबार भएको थियो । चाँदी बुधबारको तुलनामा आज प्रतितोला १५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७७ बिहिबार ००:००  १ : ३० बजे