५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

इँटा बजार उकालो लाग्न सुरु, भाउ पनि बढ्यो



काठमाण्डौँ ।
निर्माण सिजन सुरू भएसँगै इँटा बजार उकालो लाग्न थालेको छ। कोरोना महामारीले ठप्प आवास निर्माण क्षेत्रमा केही आशा देखिएसँगै इँटाको मूल्यमा थोरै बृद्धि भएको नेपाल इँटा उत्पादक संघले जानकारी दिएको छ।

संघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारका अनुसार देशभरिको अवस्था हेर्दा यतिबेला प्रदेश नं ६ र ७ मा इँटाको माग बढिरहेको छ।

ुतुलनात्मक रूपमा प्रदेश २ र ३ धेरै निर्माण हुने क्षेत्र हुन्। तर अहिले सुस्ताएको छ,ु अध्यक्ष चित्रकारले भने, ६ र ७ प्रदेशमा धमाधम निर्माण कार्य अघि बढेकाले त्यतातिर माग पनि बढिरहेको छ।ु

माग बढेसँगै इँटाको मूल्यसमेत बढेको उनले बताए। चित्रकारका अनुसार कोरोना महामारीयता लगभग ५ प्रतिशतले मूल्य बढेको छ।

बजारमा एक नम्बर इँटालाई गुणस्तरीय र राम्रो मानिन्छ। पछिल्लो समय दुई नम्बर इँटा समेत बजारमा पाइन्छन्।अध्यक्ष चित्रकारका अनुसार यसबाहेक टुक्रा राखिएको, सालाखाला इँटा, टुक्रे इँटा बजारमा उपलब्ध छन्।

पूर्वी क्षेत्रमा एक नम्बर इँटाको मूल्य प्रति गोटा २० रूपैयाँ पर्ने चित्रकारले जानकारी दिए।ुपूर्वमा एक नम्बर इँटाको २०–२२ रूपैयाँ पर्न जान्छ। सोही इँटा काठमाडौंमा भने १७–१८ रूपैयाँमा पाइन्छ। पश्चिममा अझै सस्तो हुन सक्छ,ु कारण खुलाउँदै चित्रकारले भने, ुकाठमाडौंमा कडा प्रतिस्पर्धा छ। मूल्यमा तलमाथि भइरहन्छ। प्रायः अन्तको तुलनामा सस्तो नै हुन्छ।ु

हिँउद मौसम निर्माण क्षेत्रका उपयुक्त समय हो। लकडाउनले रोकिएका निर्माण स्थल धमाधम खुल्नु पर्ने हो। तर खुलेको छैन। यसलाई कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव बुझ्नुपर्ने चित्रकार बताउँछन्।

ुकोरोना महामारी र यसले अर्थतन्त्रमा ठूलो असरका पारेको छ। निर्माण क्षेत्र चलायमान हुन सकेका छैनन्,ु अध्यक्ष चित्रकारले भने, ुकोरोना समयमा ठप्प इँटा बजारलाई हेर्दा अहिले धरै राम्रो मान्न सकिन्छ। तर पर्याप्त छैन।ु

उनले अगाडि भने, ुअहिलेको अवस्था अनुसार नै कारोबार अघि बढ्यो भने इँटा बजारलाई राम्रो हुनेछ। यतिबेला देशैभरि २५ प्रतिशत मात्रै इँटा उद्योग सञ्चालनमा आएको उनले जानकारी दिए। महामारीकै कारण धेरैजासो उद्योग बन्द हुने अवस्थामा पुगेको उनले बताए।

ुमहामारीको असर धान्न नसकेर धेरै उद्योग बन्द भएका छन्। अहिलेको बजारले थोरै आश जगाएको छ। स्टकका इँटा कटाउन सकियो भने ठूलै उपलब्धि मान्नु पर्ला, उनले भने। पछिल्लो समय प्र–फ्याब र ब्लक इँटाको विकल्पका रूपमा देखिएका छन्। यिनको प्रयोग बढ्दै जाँदा इँटा उद्योगमा चुनौती थपिएको र प्रतिस्पर्धा बढेको अध्यक्ष चित्रकारले बताए।

ुसामान्य ४ कोठे घरमा ५ इन्च वाल बनाउन २५–३० हजार वटा इँटा माग हुन्छ। ९ इन्च वाल हो भने यो संख्या दोब्बर हुन सक्छ। लागत पनि बढ्छ,ु चित्रकाले भने, ुतुलनात्मक रूपमा ब्लक वा प्रि–फ्याबको लागत कम भए पनि इँटाको घर बलियो हुनेमा प्रश्न छैन । चित्रकारका अनुसार घर बनाउँदा लाग्ने इँटा संख्या घरमा राखिने झ्याल वा ढोकामा निर्भर गर्छ। झ्याल धेरै राख्दा इँटा लागत घट्ने उनले बताए।

प्रकाशित मिति : १० पुस २०७७ शुक्रबार ००:००  १२ : ५१ बजे