५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढ्यो



काठमाण्डौ ।

सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । आज भाउ बढेर छापावाला सुनको मूल्य तोलाको ९४ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज तेजाबी सुन तोलाको ९४ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको एक हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेका कारण नेपाली बजारमा पनि बढेको महासङ्घले जनाएको छ ।

यसअघि लगातार बढेको सुनको भाउ मङ्सिरको तेश्रो हप्ताबाट केही घटेको थियो । तर अहिले सुनको भाउ फेरि उकालो लागेको छ ।

प्रकाशित मिति : १३ पुस २०७७ सोमबार ००:००  ११ : ४७ बजे