५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सुनको भाउ तोलामा एक सय रुपैयाँ बढ्यो



काठमाण्डौ ।

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । हिजो ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलाको ९४ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजार नै स्थिर नभएकाले नेपाली बजारमा सुनको भाउ तलमाथि भइरहेको व्यवसायीहरुको भनाइ रहेको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । हिजो १३ सय रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज १३ सय ५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७ बुधबार ००:००  १२ : ३३ बजे