१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

मेयरको बुवाको निधनको शोकमा सार्वजनिक विदा



काठमाडौं ।

झापाको कनकाई नगरपालिकाले मेयर राजेन्द्र पोखरेलको बुवाको निधन भएको शोकमा आज नगरपालिकाभर सार्वजनिक विदा दिइएको छ । मेयर पोखरेलका बुवा गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा यही पुस १५ गते निधन भएको थियो । उनको निधनको शोकमा नगरपालिकाले बिहीबार एक दिन नगरपालिकाभर सार्वजनिक विदा दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जारी गरेको सार्वजनिक सूचनामा आज कनकाई नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा समेत सार्वजनिक विदा दिइएको उल्लेख छ । गणेशप्रसाद पोखरेल तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतमा चार पटकसम्म प्रधानपञ्च बनेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७७ बिहिबार ००:००  ११ : ०४ बजे