१८ बैशाख २०८१, मंगलबार | Wed May 1 2024

६ हजार जनामा पिसिआर गर्दा ५३४ मा कोरोना संक्रमण



काठमाडौं ।
पछिल्लो २४ घण्टामा ६ हजार जनामा पिसिआर परीक्षण गर्दा ५ सय ३४ मा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ४७ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ ।

त्यस्तै, यसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ५६ पुगेको छ ।

प्रकाशित मिति : १६ पुस २०७७ बिहिबार ००:००  ४ : ४२ बजे