१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विध्वंसको अर्को नाम केपी ओली होः अध्यक्ष नेपाल



दाङ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रचण्ड जस्तो ब्यबहारमा इमानदार अरु कोही नभएको बताउनुभएको छ ।

दाङको घोराहीमा आयोजित सम्मेलनमा उहाँले प्रचण्डको प्रशंसा गर्नुभएको छ । ‘प्रचण्ड जस्तो ब्यबहारमा इमान्दार कोहि छैनन् । विध्वंसको अर्को नाम केपी ओली हो ? अध्यक्ष नेपालले भन्नुभयो–‘देउबासंगको भेटपछि अब कांग्रेससंग मिलेर संयुक्त आन्दोलन गर्ने तयारीमा छौं ।’

यस्तै उहाँले केपी ओलीले संविधान बिपरित कार्य गरेको आरोप लगाउनुभएको छ । दाङको तुलसीपुरमा प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको जिल्ला स्तरिय भेलालाई सम्बोधन गर्न आउनुभएका अध्यक्ष नेपालले पत्रकार सम्मेलनमा संसद बिघटन संविधान बिपरित रहेको जिकिर गर्नुभयो ।

‘केपी ओलीमा कुनै नैतिकता छैन । अहमता र तानाशाह प्रवृत्ति छ उहाँले भने–‘दुई–चार जना चोइटिएर जादैमा कुनै असर पर्दैन ।’ उहाँले भन्नुभयो ।

बिरोध कार्यक्रममा उत्रिएका प्रचण्ड–माधव नेपाल पक्षधरले पछिल्लो समयमा अगुवा कार्यकर्ता भेला गर्दै अघि बढ्ने रणनीतिमा छन् । भेलालाई सम्बोधन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, बर्षमान पुन लगायतका नेताहरु दाङ जानुभएको छ ।

प्रकाशित मिति : ३ माघ २०७७ शनिबार ००:००  ७ : २३ बजे