८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

२ जिल्लामा स्वरोजगारका लागि अनुदान वितरण



मायादेवी अनलाइन, कपिलवस्तु ।
अपाङ्गता भएका व्यक्तिको लागि कार्यरत फाउण्ड परियोजनाले स्वरोजगारका लागि अनुदान सहयोग गरेको छ । लुम्बिनी प्रदेशका २ जिल्लालाई कार्यक्षेत्र बनाएर काम गरेको फाउण्ड परियोजनाले स्वरोजगारको लागि आर्थिक अनुदान वितरण गरेको हो । परियोजना अन्तरगत रुपन्देही र कपिलवस्तु जिल्लाका १३ जना अपाङ्गता भएका व्यक्तिलाई आर्थिक स्थिती सुधार गर्न अनुदान वितरण गरिएको हो । उनीहरुको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्दै विभिन्न व्यवसाय मार्फत स्वरोजगार बनाउन विउ पूँजीको रुपमा सहयोग वितरण गरिएको परियोजनाका कलष्टर प्रमुख रमेश पोखरेलले जानकारी दिनुभयो । परियोजना मार्फत रुपन्देही र कपिलवस्तुका १३ जनालाई २ लाख ५८ हजार बराबरको विउ पूँजी वितरण गरिएको हो ।
विउ पूजी प्राप्त गरेपछि अपाङ्गता भएका घर परिवार खुशी भएका छन् । त्यसरी अनुदान पाउने वाणगंगा ८ की जमुना कडेल र उनका श्रीमान् गणेश कडेलले आर्थिक उपार्जनका लागि कतैबाट सहयोग नपाएको दुखेसो पोखेका छन् । वाणगंगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष गुणनीधि भुसालले परियोजनाबाट प्राप्त ४० हजार अनुदान रकम हस्तान्तरण गर्नुभएको छ । अनुदान वितरणको प्रभावकारीता र थप सहयोगको लागि वडाले आवश्यक समन्वय सहकार्य गर्ने वडा अध्यक्ष गुणनीधि भुसालले बताउनुभयो । दम्पत्ती कडेल परिवारले उक्त रकमबाट कुखुरा पालन व्यवसाय संचालन गरेर आफनो जीविकोपार्जन संगै स्वरोजगार बन्ने बताएका छन् ।
त्यस्तै रुपन्देहीका राम बहादुर थापा र उनकी श्रीमति रश्मी गयल थापाले किराना व्यवसायका लागि ३५ हजार अनुदान रकम पाएका छन् । रुपन्देहीका ६ जना र कपिलवस्तु ७ जना अपाङ्गता भएका व्यक्तिले स्वरोजगारका लागि अनुदान सहयोग प्राप्त गरेका हुन् ।

No description available.


द लेप्रोसी मिसन नेपालद्धारा संचालित रोजगार विहिन अपाङ्गता भएका नेपाली व्यक्तिहरुका लागि उर्जाशिल अवसर परियोजना (फाउण्ड) परियोजनाले ५ जिल्लामा विगत एक वर्षदेखि काम गर्दै आएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७ बुधबार ००:००  ८ : ४५ बजे