७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रदीप र गोकर्णको भेटमा किन भए दुबै भावुक ?



गुल्मी ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजनदेखिपछि शुक्रवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्वमन्त्री गोकर्ण बिष्टबीच पहिलो पटक गृहजिल्ला गुल्मीमा भेटघाट भयो ।

नेपाल कम्युनिष्ट पार्टी ओली समूहका प्रवक्ता रहेका ज्ञवाली नेकपा प्रचण्ड माधव समूहका स्थायी कमिटी सदस्य बिष्टकी आमाको निधनमा समावेदना प्रकट गर्न गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ४ दोहली स्थित बिष्टको घरमा विहिवार दिउँसो पुगेका थिए ।

त्यहाँ दुबै नेताहरु भावुक मुद्रमा देखिएका थिए । स्वर्गीय आमा चिन्ताकला बिष्टले आफूहरुलाई विपदको बेला उर्जा दिएको स्मरण गर्दै दुबै नेता मन्तब्यका क्रममा भावुक बने ।

शोक मन्तब्य ब्यक्त गर्दै ज्ञवालीले नेपालको कम्युनिष्ट आन्दोलनको आकाशमा केहि समय बादल लागे पनि कुनै दिने घाम लागेपछि सुर्य उदाउने बताए ।

उनले अहिले जो जुन जुन समूहमा रहे पनि निरास नभई अन्य पार्टीमा नलागि कम्युनिष्ट मै रहन कार्यकर्ताहरुलाई आग्रह गरे ।

पार्टी विभाजनपछि तत्कालीन एमालेका नेता ज्ञवाली र विष्ट यतिबेला फरक कित्तामा उभिएका छन् । ज्ञवाली र मातृ शोकमा रहेका विष्टको मुहारमा पार्टी विभाजनको थप पीडा देखिन्थ्यो ।

नेता ज्ञवालीसँगै शोक सभामा ओली समूह र प्रचण्ड नेपाल समूहका कार्यकर्ता पुगेका थिए । दुबै पक्षमा पार्टी फुटको चिन्ता झल्किन्थ्यो । नेता बिष्टकी आमाको पुस २८ गते निधन भएको थियो । पूर्वमन्त्री बिष्टका जेष्ठ दाजु लक्ष्मण बिष्ट ईस्मा गाउँपालिकाका प्रमुख हुन् । उनीहरु ५ भाई र दुई दिदी बहिनीहरु रहेका छन् ।

प्रकाशित मिति : १० माघ २०७७ शनिबार ००:००  ९ : ०० बजे