३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

नेकपा प्रचण्ड–माधव समूहले निकाल्यो सिठी जुलुस



काठमाडौं ।
नेकपा प्रचण्ड–माधव समूहले मंगलबार सिठी जुलुस निकालेको छ। संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको नेकपा प्रचण्ड-माधव समूहले मंगलबार सिठी जुलुस निकालेको हो। लैनचौरबाट निस्किएको जुलुस असन, इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सकिएको छ।

तेस्रो चरणको आन्दोलन अन्तर्गत राजधानी बाहिरका बुटवल, विराटनगर र धनगढीमा पनि प्रदर्शन आयोजना गरिएको छ।

राजधानी उपत्यकाभित्र सांसदहरुको धर्ना, माघ १६ को शहीद दिवसमा श्रद्धाञ्जली सभा पनि राखिएको छ। माघ २८ मा फेरि अर्को जनप्रदर्शन गर्ने घोषणा गरेको छ। यसअघि माघ ९ मा पनि यो समूहको राजधानीमा जनप्रदर्शन भएको थियो।

प्रकाशित मिति : १३ माघ २०७७ मंगलबार ००:००  ६ : ११ बजे