१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

ओली समूहले बसाल्यो शिवराज नगर कमिटीको बैठक



मायादेवी अनलाइन, चन्द्रौटा ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको शिवराज नगर कमिटीकोे बैठक सम्पन्न भएको छ । बैठकले केन्द्रको अन्तर पार्टी निर्देशन, प्रदेशको परिपत्र र जिल्लाको सर्कुलर अध्ययन गरी सो अनुसार गर्ने गराउने, नेतृत्व चयन गर्ने, नगर कमिटि विस्तार गर्ने, वडा कमिटी विस्तार गर्ने, जनसंगठन भेला गर्ने, भूमि समस्या समाधान आयोगलाई जनताको पक्षमा काम गर्न निर्देशन गर्ने, वैज्ञानिक वन र दिगो वन सरकारले व्यवस्थित गर्न माग गर्ने लगायत निर्णय गरेको छ ।

बैठकका प्रमुख अथिति नेकपा केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला अध्यक्ष झविलाल पोख्रेलले वर्तमान राजनीतिक विषम परिस्थितिमा देश र जनताको सर्वाेपरी आवश्यकता अनि समृद्ध नेपाल र सुखि नेपालीको सपना साकार पार्न एकतावद्ध भयर अघि वढ्न निर्देशनात्मक सम्बोधन गर्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका शिवराज नगर कमिटी कार्यवाहक अध्यक्ष जगत पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा नेता जंजिर प्रसाद थारु, नेकपा जिल्ला कमिटी सचिवालय सदस्यहरु नेत्रराज अधिकारी, चन्द्रबहादुर गहतराज, अर्जुन कुमार केसी, शिवकुमारी चौधरी, जिल्ला कमिटी टोपलाल पोखरेल, लगायतको आतिथ्यता रहेको थियो ।

बैठकमा नगरभित्रका सम्पुर्ण वडा कमिटीका अध्यक्षहरु, वडा इन्चार्ज लगायत नेकपा नेता अगुवाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ माघ २०७७ बुधबार ००:००  ७ : २० बजे