१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बुद्धभूमिमा भूमि सम्बन्धि समस्या समाधान आयोगको लगत संकलन इकाई स्थापना



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भूमि सम्बन्धि समस्या समाधान आयोगको लगत संकलन इकाई स्थापना गरिएको छ । सोमबार एक कार्यक्रमका बीच लगत संकलन इकाईको नगर प्रमुख केशव कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।

भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने गरी गठन भएको आयोगले अहिले बुद्धभूमिमा पनि लगत संकलनको काम धमाधम सञ्चालन गरिरहेको छ । बुद्धभूमिमा लगत संकलनको काम १० वटै वडामा सञ्चालन भैरहेको भए पनि सोमबार इकाई कार्यालय स्थापना गरिएको हो ।

कार्यालय स्थापना गर्दै नगर प्रमुख श्रेष्ठले नगरभित्र रहेका भूमिहिन नगरबासीलाई लालपूर्जा दिलाउनका लाग रातदिन फिल्डमा खटेर काम गरिरहेको जानकारी दिनुभयो ।

नगरका सबै वडामा लगत संकलनकर्ता खटाएको भन्दै इकाई स्थापनासंगै अब अफिसियल काम यही कार्यालयबाट हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिनुभयो । कार्यालय संयोजकको जिम्मेवारी नगरका प्रशासकीय अधिकृत राजनकुमार पोख्रेललाई दिइएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २७ माघ २०७७ मंगलबार ००:००  ९ : २७ बजे