१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

प्रदेश सरकारको विपक्षमा उभिन्छौंः पौडेल



काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिले चाहँदैमा कांग्रेसले प्रदेश सरकार जोगाउने निर्णय नगर्ने बताएका छन् । प्रदेश १ र बागमतीमा मुख्यमन्त्रीविरुद्ध प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव ल्याएको छ । दुवै प्रदेशमा निर्णायक कांग्रेसले कुनै निर्णय गर्न सकेको छैन । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले भने, ‘हामी प्रतिपक्षी हौं, प्रतिपक्षको धर्म सत्तापक्षको खिलापमा आउने प्रस्ताव पास गर्ने हो ।’
तर सभापति शेरबहादुर देउवाले प्रदेश सरकार बचाउने पक्षमा हुनुहुन्छ रे नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा नेता पौडेलले भने, ‘देउवाजीले थेगेर थेगिँदैन ।’
प्रदेश सांसदहरुले आफ्नै निर्णय गर्न सक्ने उनले बताए । पार्टीको निर्णय विपरित जानुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘सभापतिले कार्यसमितिमा भन्न सक्नुपर्‍यो कि केपी ओलीजीका मान्छेहरु कहाँ कहाँ छन्, त्यसलाई बचाउने भनेर ।’

प्रकाशित मिति : ७ फाल्गुन २०७७ शुक्रबार ००:००  ३ : १३ बजे