१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

साताको सिर्जनाः ‘रसिक’ चन्द्रकान्तको ‘गजल’



कपिलवस्तु ।

देश चलाउनेको गिदीगिदीमा अहंकार छ ।
फेरि उनैहरुको जताततै जयजयकार छ ।

म देशका केही विवसताहरु बताउँदैछु
थाहा छ नेपत्यबाट मैलाई प्रहार हुनेछ ।

बहिनी लाली किन्न बजार निस्कन्छिन्
बाटामै अपहरण हुन्छ, बलात्कार हुन्छ ।

रुँदै आमा अपराधी खोज्न भनिरहन्छिन्
ऊ त प्रहरीको गाडी चढेरै फरार हुन्छ ।

म सोँच्छु यो देशमा निमुखा र गरिबको
धनीहरुको जस्तो कहिले आकार हुन्छ ?

रसिकलाई अब सहानुभुति छैन कसैप्रति
र तरबार उठाउँदै छ, यहाँ भ्रष्टाचार छ ।

चन्द्रकान्त न्यौपाने ‘रसिक’
बाणगंगा ४, कपिलवस्तु ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७ शनिबार ००:००  १० : २२ बजे