८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

विनानिष्कर्ष टुंगियो ओली र नेपाल पक्षको ‘निर्णायक’ वार्ता



काठमाडौं ।
नेकपा एमालेलाई ‘फुट’बाट जोगाउन ‘निर्णायक’ भनिएको आइतबारको वार्ता विनानिष्कर्ष सकिएको छ। एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधि बनेर आएका नेताहरु सुवासचन्द्र नेम्वार र विष्णु पौडेलबीचको वार्ता विनानिष्कर्ष टुंगिएको हो।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग वार्ता गर्न नेताहरु नेम्वाङ र पौडेललाई आइतबार दिउँसो संघीय संसद सचिवालय सिंहदरबारमा पठाएका थिए।

नेता नेपालसँगको वार्तापछि प्रतिक्रिया दिँदै नेता नेम्वाङले छलफलका क्रममा आफूहरुले सांसदहरुको सामूहिक राजीनामाको विषयमा कुरा उठाएको बताए। राजीनामाको कुरा गर्दा नेता नेपालले थाहा नपाएको जस्तो गरेको नेम्वाङले बताए।

‘राजीनामाको कुरा उठाउँदा उहाँ (नेपाल) ले पनि थाहा नपाएजस्तो गर्नुभयो। त्यसैले यो चर्चाको कुरा मात्रै हो,’ बैठकपछि नेता नेम्वाङले सञ्चारकर्मीसँग भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधि सभाको ‘विशेष अधिवेशन’ बोलाइएपछि पछिल्ला दिनमा राजनीतिक घटनाक्रम एकपछि अर्को गरी विकास भइरहेका छन्।

प्रधानमन्त्री ओलीले हठात् विशेष अधिवेशन स्थगित गर्ने वा अनय केही राजनीतिक ‘मुभ’ गर्नसक्ने भन्दै नेपाल–खनाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी समेत गरेका छन्।

सामूहिक राजीनामाका लागि शनिबार नै २३ जनाभन्दा बढी सांसदले राजीनामा पत्रमा हस्ताक्षर समेत गरेका थिए।

प्रकाशित मिति : २६ बैशाख २०७८ आइतबार ००:००  ४ : ५४ बजे