३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं ।

नेकपा एमालेको माधव नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ। भर्चुअल हुने बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल हुने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। सोमबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदै गर्दा नेता नेपाल समूहका २८ सांसद अनुपस्थित भएका थिए।

ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न असफल भए। यता नयाँ गठबन्धनको सरकार निर्माणमा पनि नेता नेपाल समूह निर्णायक भुमिका देखिएको छ। उसका सबै सांसदले राजीनामा दिएको वा विश्वासको मत नदिएको निहुँमा अध्यक्ष ओलीले कारबाही गरेमा कांग्रेस र माओवादी केन्द्रलाई बहुमतको सरकार गठनका लागि केही सहज हुनेछ।

प्रकाशित मिति : २८ बैशाख २०७८ मंगलबार ००:००  २ : ४३ बजे