१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सभापति देउवा भन्छन सरकारको लापरवाहीले कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्यो



काठमाडौं ।


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापरवाहीका कारण कोरोना संक्रमणबाट ज्याउन गुमाउनेहरुको संख्या बढिरहेको बताएका छन् ।

इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ‘ईद उल फित्र’ का अवसरमा एक शुभकामना व्यक्त गर्दै देउवाले सरकारको असंवेदनशीलता र अकर्मन्यताका कारण बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या बढेको उल्लेख गरेका हुन् ।

यस्तो परिस्थितिमा नागरिक आफैं पनि सचेत हुन जरुरी रहेको उनले बताएका छन् । उनले भनेका छन्, ‘यस अवस्थामा कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी भौतिक दुरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ ‘इद उल फित्र’ मनाउनु हुन म सबैलाई आग्रह गर्दछु ।’

इद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको देउवाले आफ्नो शुभकामनामा व्यक्त गरेका छन्

प्रकाशित मिति : ३१ बैशाख २०७८ शुक्रबार ००:००  १२ : १३ बजे