७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार



पोखरा ।
गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएको छ । बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघिकै चार मन्त्रीलाई पुनः नियुक्त गर्नुभएको हो । पुनः नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाउनुभएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङसँगै तीन बिनाविभागीय मन्त्री रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले शपथ लिनुभएको हो ।

मन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने काठमाडौंमा रहेका कारण शपथमा सहभागी हुनुभएको थिएन ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८ बुधबार ००:००  ४ : २४ बजे