१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

महामारीकै बीच आगामी वर्ष ६.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान



काठमाडौं ।
सरकारले आगामी वर्ष साढे ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ । शनिबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको बताए ।

कोरोना महामारी नियन्त्रण हुने र आर्थिक गतिविधिमा पुनरुत्थान हुने विश्लेषणका आधारमा यो अनुमान गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

यस्तै आगामी वर्ष मूल्यवृद्धिलाई ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखिएको पनि उनले बताए । चालु आर्थिक वर्षमा सरकारले ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । तर, ४ प्रतिशत पनि आर्थिक वृद्धि हुन निकै कठिन रहेको अर्थमन्त्री पौडेलले बताएका छन् । गत वर्ष आर्थिक वृद्धि ऋणात्मक रहेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८ आइतबार ००:००  ७ : ०२ बजे