६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

एमाले स्थायी कमिटी बैठक बस्दै



काठमाण्डौ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बैठक बस्ने नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

‘सबै जना जम्मा भइसक्यौँ, अब बैठक बस्छ’( नेता नेम्वाङले भन्नुभयो । बैठकमा अध्यादेशबाट ल्याएको बजेटको समीक्षा र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप छलफल हुनेछ ।

यस्तै कोभिड सङ्क्रमणको विषय तथा आउँदो रणनीतिको विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

स्थायी कमिटी बैठकअघि एमालेका दोस्रो तहका नेताले सहमतिको प्रयास स्वरुप छलफल गरेका थिए । यसअघि आइतवार बेलुका ५ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८ मंगलबार ००:००  १ : ०७ बजे