१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पार्टी एकता जोगाउन लाग्‍छु : ईश्वर पोखरेल



काठमाडौं ।


सरकारबाट बाहिरिए पछि निवर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू अब एमाले महासचिवका रुपमा पार्टीको काममा केन्द्रित हुने बताएका छन्।

आइतवार वक्तव्य जारी गर्दै पोखरेलले पार्टी कसरी सञ्चालन गर्ने भन्ने बारे आफूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरिसकेको र अध्यक्षका आशयलाई आफूले बुझ्ने प्रयत्न गर्दै आएको बताएका छन्। पोखरेलले अहिले सबैतिर पार्टी छ तर कहीँ पनि पार्टी छैन जस्तो अवस्था रहेको भन्दै यसलाई बदल्नुपर्ने चुनौती रहेको बताएका छन्।

पोखरेलले पार्टीभित्रको एकतासमेत अहिले संकटमा रहेकाले यसलाई जोगाउन आफू लाग्ने बताएका छन्।

पोखरेलले मन्त्री हुँदा आफूले सुबिधा बापत प्राप्त गरेका सबै दायित्वहरु राज्यलाई बुझाइसकेको र मन्त्री क्वार्टर शनिवार नै खाली गरिसकेको बताएका छन्।

पोखरेलले कोभिड संक्रमितको उपचारका लागि सात महिनाको पारिश्रमिक बराबर ४ लाख ५६ हजार ४ सय रुपैयाँ कोभिड कोषमा बुझाएका छन्। त्यस्तै पार्टीको कोषमा लेवीबापत ६ लाख ५ हजार रुपैयाँ बुझाएको पोखरेलले जनाएका छन्।

यस्तो पोखरेलको विज्ञप्ती

म २०७४ फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म ९२ वर्ष ७ महिना १४ दिन० नेपाल सरकारको रक्षा मन्त्री र तत्पश्चात २०७८ जेठ २१ गतेसम्म ९७ महिना २३ दिन ० प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारीमा रहें।

शुरूमा अर्थात् २०७४ फागुन १४ गतेदेखि २०७५ जेठ १७ गतेसम्म रक्षा मन्त्रीको रूपमा र त्यसपछि उपप्रधानमन्त्रीको हैसियतले रक्षा मन्त्रीका रूपमा जम्मा ३ वर्ष ३ महिना ७ दिन म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा रहें। यस अवधिलाई मैले मेरो राजनीतिक र सामाजिक जीवनको महत्वपूर्ण समयावधिका रूपमा लिएको छु। यस अवधिमा मलाई आफ्नो जिम्मेवारी पुरा गर्न सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गदर्शन गरिरहनु भयो। मन्त्री साथीहरूले निरन्तर सहकार्यका लागि सहृदयता प्रदर्शन गरिरहनु भयो।

नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधान सेनापति लगायत सकल दर्जाका साथीहरू, मन्त्रालयका सचिवजीहरू तथा अन्य सम्पूर्ण कर्मचारी साथीहरूले गर्नुभएको सहयोगलाई म कहिल्यै विर्सन सक्तिन । मलाई समर्थन गर्नुहुनेर माया गर्नुहुने आम जनता खासगरी निर्वाचन क्षेत्रका मतदाताहरूले सद्भाव र समर्थन जनाइरहनु भयो । उहाँहरूले गर्नुभएको सहयोग र सद्भावलाई म कहिल्यै विर्सने छैन । उहाँहरू सबैप्रति म कृतकृतज्ञ छु।

यसबीच सरकारमा रहेकाबेला मबाट र मेरो नेतृत्वमा भएका सबै कामहरू सम्वन्धित ठाउँमा औपचारिक अभिलेखहरूमा सुरक्षित रहेका छन् । तिनले आजमात्र नभएर आवश्यक पर्दा पछि पछिसम्म पनि सबैलाई यथार्थ बताइरहने कुरामा मैले विश्वास लिएको छु । यसबीच कोभिड संक्रमणको महामारीका समयमा मैले ूउच्चस्तरीय समन्वय समितिू र ूकोभिड १९ संकट व्यवस्थापन केन्द्रू मा संयोजकका हिसावले भूमिका खेल्ने काम गरें । त्यसबेलाको जटिलतासित गाँसिएर उठेकार उठाइएका कुराहरूलाई म कहिल्यै बिर्सन सक्तिन।

यसबीच मैले कोभिड संक्रमितहरूको उपचारका लागि सरकारको औपचारिक निर्णय अनुसार सात महिनाको पारिश्रमिक ४,५६, ४००। ९कोभिड कोषमा बुझाएको छु। सुविधा प्राप्त गरेवापत राज्यलाई बुझाउनु पर्ने सबै किसिमका दायित्वहरू पुरा गरेको छु। मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्वन्धित ठाउँमा आइतवार ९२३ गते जेठमा० बुझाइसकेको छु। यस अवधिमा मैले मेरो प्रिय पार्टीको कोषमा ६,०५,०००। ९बुझाएको छु। पुल्चोकस्थित मन्त्री क्वार्टर २२ गते शनिवार नै खाली गरिसकेको छु।

साथीहरू सबैलाई थाहा छ म नेकपा ९एमाले) को महाधिवेशनबाट निर्वाचित महासचिव ९ तर ुमहान र ऐतिहासिकु भनिएको एमाले(माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा रहिन १ तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले(माओवादी पार्टीहरूको पूर्व स्थिति कायम रहन पुगेका कारण म पुनस् एमालेको महासचिव रहन पुगेको छु।

यो अवस्थामा मैले बुझेको छु( म पार्टीको महासचिव भएर पुनस् भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ। पार्टीका आदरणीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसित यस सम्वन्धमा कुराहरू भएका छन्। उहाँले मलाई परिस्थितिको गम्भीरता बारे बताउँदै आउनुभएको पनि छ र मैले उहाँको अन्तरआशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु।

अहिले कतिपयले भन्ने गरेजस्तो ुसबैतिर छ पार्टी तर कहिं पनि छैन पार्टीु जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती छ। र, यो बदल्ने अभियान संचालन गर्ने संस्थाको महासचिव भएर मैले भूमिका खेल्नुपर्ने छ। दुर्भाग्य नै हो ( यतिवेला पार्टीभित्रको एकतामा पनि संकट देखापरेको छ। यसबाट पार्टीलाई जोगाउनुपर्ने आवश्यकता छ।

चुनौतीहरू थुप्रै किसिमका छन् । राष्ट्रिय राजनीतिमा अस्थिरताका झन्झावातका आशंकाले मानिसहरूमा त्रास सृजना गराउन खोजिदैछ। आर्थिक विकास र सम्वृद्धिको अभियानलाई कमजोर पार्ने , राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई कमजोर बनाउने, मुलुकलाई अराकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई विथोल्ने आदि दुस्प्रयत्नहरू हुँदैछन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्र र बाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ।

यस्तोबेलामा सिंगो राष्ट्रले र आम नेपाली जनताले नेकपा ९एमाले०प्रति सुदृढ र जनआधारित नेकपा एमाले प्रति आशा गरेको कुरालाई बुझ्न सकिन्छ। यो आवश्यकतालाई पुरा गर्ने चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुनुपर्ने छ। यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक मित्रहरूलाई गोलवन्द हुन हार्दिक अनुरोध गर्दछु।

प्रकाशित मिति : २३ जेष्ठ २०७८ आइतबार ००:००  १२ : ०४ बजे