६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

जनमोर्चाका नेता थापाको मुद्दा न्यायाधीश चुडालको इजलासमा



काठमाण्डौ ।


राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाले सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दाको सुनुवाइ न्यायाधीश कुमाल चुडालको इजलासमा हुने भएको छ । थापाले आफूलाई पार्टीले असंवैधानिक तवरबाट हटाएको भन्दै पद पुनर्स्थापनाको माग राखेर शुक्रवार रिट दायर गर्नुभएको हो ।

गण्डकी प्रदेशमा पार्टीको निर्णयलाई अटेर गरेर नयाँ सरकार बनाउन साथ नदिएको भन्दै थापालाई जनमोर्चाले प्रदेशसभा सदस्यबाट हटाएको थियो । जनमोर्चाका कृष्ण थापाले साथ नदिँदा गण्डकीमा एमाले र माओवादीले एमालेको तर्फबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङलाई हटाएर कांग्रेस नेतृत्वमा सरकार बनाउन सकेका थिएनन् ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आउँदो २७ गते विश्वासको मत लिने तयारी गरिरहँदा प्रदेशसभा सदस्य थापाको मत निर्णायक हुने भएकाले उहाँको मुद्दालाई महत्त्वका साथ हेरिएको छ

प्रकाशित मिति : २३ जेष्ठ २०७८ आइतबार ००:००  १२ : १२ बजे