१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कांग्रेस सत्तामाः कर्णालीका दुई मन्त्रीले लिए सपथ



काठमाडौं ।
कर्णालीमा थपिएका दुई मन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिएका हुन् ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए । उनीहरू दुवैजना नेपाली कांग्रेसबाट सहभागी भएका हुन् । पुनर्गठनपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८ आइतबार ००:००  ३ : ५३ बजे