११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

ओलीको जालझेलमा फस्दैनौं, हस्ताक्षर फिर्ता लिन्नौं : विरोध खतिवडा



काठमाडौं ।
नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेता विरोध खतिवडाले अध्यक्ष केपी शर्मा ओलीले आज आह्वान गरेको एकता प्रस्ताव जालझेलमात्रै भएको टिप्पणी गरेका छन् ।

नेता खतिवडाले ओलीले आफू संकटमा परेपछि एकताको नाटक गरेको बताए ।उनले आफूहरु ओलीको जालझेलमा नफस्ने पनि जिकिर गरे । संसद् पूनःस्थापना हुने देखेपछि ओलीले एकताको लागि नाटक गरेको र चाल चालेको पनि खतिवडाको भनाई छ ।

उनले भने,”हामी ओलीको यो जालझेलमा अब फस्दैनौं । अर्को कुरा, हामीले कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री बनाउने भनेर गरेको हस्ताक्षर पनि फिर्ता लिदैनौं । उहाँले अहिले आफू संकटमा परेपछि यस्तो प्रस्ताव फालेको हो । आजमात्रै होईन, उहाँले हाम्रो मान्छेमार्फत यो प्रस्ताव हिजो अस्ति नै पठाईसक्नुभएको छ । अब हामी ओलीसँग कुनै हामी सम्झौता गर्दैनौं ।” –रिपोर्टर्स नेपालबाट

प्रकाशित मिति : २४ जेष्ठ २०७८ सोमबार ००:००  ७ : ४२ बजे