१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

ओलीको वक्तव्य झुठ र भ्रमको पुलिन्दा हो : जगन्नाथ खतिवडा



काठमाडौं ।
नेकपा एमालेका नेता जगन्नाथ खतवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति जारी गरेको वक्तव्य भ्रमको पुलिन्दा मात्रै भएको दाबी गरेका छन् । उनले आइतबार राति फेसबुकमार्फत ओलीले गल्ती स्वीकार नगरेको र नैतिकताकै धज्जी उडाएको टिप्पणी पनि गरेका छन् ।

“आफूले गल्ती गरेको स्वीकार गरेका छैनन् । समग्रमा यो झुठ र भ्रमको पुलिन्दा हो । कोहि पनि भ्रममा नपर्नु होला । संसद बिघटनगरेकोमा माफी माग्नु माफी माग्नु र विघटन फिर्ता लिनुपर्ने प्रमले उल्टै मुद्दाबाट हस्ताक्षर फिर्ता लिने कुरा गरेर नैतिकता कै धज्जी उडाइदिएका छन । केपी ओलीको मनखुसीले निकालेको वक्तव्यमा हाम्रो सहभागिता छैन र यो असमान लिखत हामीलाइ मान्य छैन । कोही भ्रममा नपर्नु हुन अनुरोध गर्दछु,” उनले भनेका छन् ।

उनले ओलीले जेठ २ को पूर्व अवस्थामा जानुपर्नेमा सुनियोजित रूपमा जेठ ३ को पूर्व अवस्थामा लेखेर जाल गरेको टिप्पणी पनि गरेका छन् । सर्वोच्चमा दायर गरेको रिट फिर्ता लिन लगाउने मात्रै ओलीको उनको नियत देखिएको खतिवडाको टिप्पणी छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८ सोमबार ००:००  ८ : १४ बजे