१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

डा. भट्टराईले निर्वाचन आयोगलाई ‘खड्गप्रसाद एण्ड कम्पनी’ नाम दिए !



काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन आयोगलाई ‘खड्गप्रसाद एण्ड कम्पनी’ को संज्ञा दिएका छन् ।

निर्वाचन आयोगले आइतबार जसपाको दुवै पक्षले गरेका कारबाहीको निर्णय अमान्य रहेको बताएपछि भट्टराईले ट्वीट गर्दै आयोग ओलीको इशारामा चलेकोझैँ आरोप लगाएका छन् ।

जसपाका एक अध्यक्ष महन्थ ठाकुर पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले एकअर्कालाई पार्टीबाट गरेको निष्कासन वैधानिक नभएको निर्यण आयोगले गरेकोमा उनले असन्तुष्टि जनाएका छन् ।

भट्टराईले ट्वीट गर्दै आफूहरुले चोरीको विरुद्धमा आयोगमा उजुरी दिएको तर चोरहरुले आफैँ प्रतिवाद गर्दै अर्को उजुरी दिएपछि आयोगले गलत निर्णय गरेको बताएका छन् ।

‘खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्र : कसैले चोर्‍यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू ! चोरलाई पनि मैले चोरेको हैन, उल्टै मुद्दा हाल्ने (वादी) ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू। मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गर्नू ! वाह !’ उनले ट्वीटमा भनेका छन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८ सोमबार ००:००  १० : ५१ बजे