१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेपालमा ‘चे फोर्स नेपाल’ स्थापना



काठमाडौं ।

विगत लामो समयदेखि चे ग्वेभाराको नाममा बहस तथा समाजिक कार्यहरू गर्दै आएको युवाहरूको समूहले मंगलबार औपचारिकता ग्रहण गरेको छ । मंगलबार जुन १४ तारिखको दिन च्ये ग्वभाराको जन्मदिनको अवसर पारेर ‘चे फोर्स नेपाल’ स्थापना भएको छ ।

चे फोर्स नेपालको संस्थापक संदेश गिरीले विश्व साम्राज्यवादसँग लडेर दुनियाँ भर कम्युनिस्ट शासन स्थापना गर्ने महान उद्देश्य बोकेका चे ग्वेभाराको स्मरणमा उनको सम्मान स्वरुप उनको कार्यदिशामा एकवद्ध भएको बताए । उनले विश्वका श्रमजीवी मजदुरहरुको ढुकढुकी बनेका च्ये ग्वभारा युवा वर्गका लागि चिरस्थायी प्रेरणाको श्रोत भएको पनि स्मरण गरे ।

युवा वर्गलाई लक्षित गरि स्थापना गरिएको उक्त फोर्स विगत ३ बर्षदेखि विभिन्न अनुसन्धानमा केन्द्रित रहेको पनि गिरीले बताए । युवा माझ देखिएको राजनीति प्रतिको नैराश्यताको अन्त्य र युवालाई नै राजनीतिमा प्रत्यक्ष संलग्नताका निम्ति आह्वान गर्न विभिन्न कार्यक्रम हुने कुरा संस्थापन पक्षले दावी गरेको छ ।

May be an image of 1 person and text

चे फोर्स नेपालले अपनाउने सिद्धान्त मुख्यतः नेपाली माटो सुहाउँदो प्रजातन्त्र र चे ग्वेभाराको सिद्धान्तको नेपाली संस्करण हुने फोर्सले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७८ मंगलबार ००:००  १० : ३४ बजे