२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

पार्टी आधिकारिकता दाबी गर्दै निर्वाचन उपेन्द्र यादव आयोगमा



काठमाडौं ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी आधिकारिकता दाबी गरेका छन्। शुक्रबार निर्वाचन आयोग पुगेका अध्यक्ष यादवसहित नेताले जसपाको वैधानिकता दाबी गरेका छन्। बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयसहित यादव आयोग पुगेका हुन्। यसअघि यादवले पार्टी आधिकारिकता दाबी गर्दै अर्का अध्यक्ष महन्थ ठाकुरलगायतलाई कारवाही गरेका थिए। साथै ठाकुरले पनि यादवलाई कारवाही गरेका थिए।

दुबै पक्षले जसपा आधिकारिकता दाबी गरेका थिए। एकअर्कालाई गरेको कारवाही भने आयोगले कार्यान्वयन गर्न नसकिने जवाफ दिएको थियो। आयोगको उक्त जवाफबारे राजनीतिक र कानुनी लडाइँ लड्ने यादवले बताएका थिए। जसपाभित्र पछिल्लो समय अध्यक्षद्वय ठाकुर र यादवबीच बिबाद छ।

ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा गएको छ भने यादव पक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छ।

प्रकाशित मिति : ४ असार २०७८ शुक्रबार ००:००  ३ : ५१ बजे