१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार



काठमाडौं ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खनालको स्वास्थ्यमा सुधार भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।

खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ । उपचारमा अक्सिजनको सपोर्ट राखिएकोमा हटाइएको छ ।खनाललाई थप उपचारका लागि असार २ गते नयाँदिल्ली लगिएको थियो ।

प्रकाशित मिति : ६ असार २०७८ आइतबार ००:००  ६ : ५० बजे