३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मुहान क्लवका सचिव कृष्ण अर्यालको ४० बर्षको उमेरमा निधन




मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ३ गंगौली निवासी कृष्ण अर्याल ‘दाइ’को निधन भएको छ । मुहान युवा क्लव झुँगाका सचिव समेत रहेका अर्यालको सोमबार राति ४० बर्षको उमेरमा निधन भएको हो । मुहान क्लवका अध्यक्ष रविन्द्र प्रताप सेनका अनुसार टिभी रोगका कारण अर्यालको मृत्यु भएको छ ।

लामो समय टिभी रोग भए पनि सुगर रोग भन्दै उपचार नगराएको र एक्कासी नाक तथा मुखबाट रगतसहितको बान्ता गरेपछि अर्याल घरमै सिकिस्त हुनुभएको थियो । अध्यक्ष सेनले मायादेवी अनलाइनसंग भन्नुभयो ‘त्यसपछि उपचारको लागि सामुदायिक अस्पतालमा लगियो । अस्पतालले उपचार गर्न नसक्ने जनाउ दिएपछि उहाँलाई भरपुर अस्पतालमा लगियो तर बचाउन सकिएन ।’

क्लवका सचिव कृष्ण दाइको निधनले आफूहरु मर्माहत भएको अध्यक्ष सेनले बताउनु भयो । मृतक अर्याल नेकपा (एमाले)का युवा संघका जिल्ला सदस्य समेत हुनहुन्थ्यो भने बिभिन्न सामाजिक गतिविधिमा पनि संलग्न हुने गनुहुन्थ्यो । अर्याल समाजमा कसैलाई केही भइहाले पनि सजिलै काँध थाप्ने स्वभावका हुनुहुन्थ्यो ।

स्थानीय युवाहरुमा अर्याले कृष्ण ‘दाइ’को रुपमा चिनिनुहुन्थ्यो । मृतक अर्याल राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माको भाइ हुनुहुन्थ्यो । अर्याल यसअघि कोरोना संक्रमित भइ निको हुनुभएको थियो । कोरोनालाई जिते पनि अर्यालले टिभी रोगलाई जित्न नसकेको भनी सेनले गहिरो दुख ब्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १५ असार २०७८ मंगलबार ००:००  ९ : ०६ बजे