३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

इथियोपियाको क्षेत्रीय राजधानी विद्रोहीको कब्जामा



एजेन्सी ।
इथियोपियाको क्षेत्रीय राजधानी मिकेली विद्रोहीले कब्जा गरेका छन् । टिग्रेस्थित विद्रोही फौजले क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

उक्त राजधानी इथियोपियाको फौजले गत नोभेम्बरमा आफ्नो नियन्त्रणमा लिएको थियो । तर, संघीय फौजविरुद्ध आक्रमण सुरु गरेको एक सातामा विद्रोही फौजले मिकेलीमा नियन्त्रण कायम गरेको हो ।

यद्यपि इथियोपिया सरकारले भने मिकेलीमा नियन्त्रण गुमाएको पुष्टि गरेको छैन । इथियोपियाले युद्धविरामको एकतर्फी प्रस्ताव गरेको समाचार बीबीसीले प्रकाशित गरेको छ ।

टिग्रे पिपुल्स लिबरेसन फ्रन्टका प्रवक्ताले मिकेलीमा आफूहरूले कब्जा जमाएको समाचार संस्था रोयटर्सलाई बताएका छन् ।

प्रकाशित मिति : १५ असार २०७८ मंगलबार ००:००  १ : ४३ बजे