१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

पुष्पलालको जन्मजयन्ती ओझेलमा



काठमाडौं ।
नेकपा एमालेका पूर्वमहासचिव मदनकुमार भण्डारीको सोमबार जन्मजयन्ती भव्य तरिकाले मनाइयो । बालुवाटारमा मदन भण्डारी फाउन्डेशनले कार्यक्रम नै गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैको ध्यान खिच्ने गरी बोले ।

भण्डारीको जन्मजयन्ती एमालेले भव्य तरिकाले मनायो । तर, आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको जन्मदिन पूरै ओझेलमा छ । नेपालमा कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन् पुष्पलाल । उनकै कतिपय चेलाहरु अहिले नेपालको राजनीतिमा हावी छन् ।

पुष्पलालको जन्मदिनमा कम्युनिस्ट नेताहरुको कुनै वक्तव्य पनि आएन । बरु विप्लव समूहले जन्मजयन्तीबारे धारणा सार्वजनिक गरेको छ । नेकपाको विप्लव समूहका हेमन्तप्रकाश ओली सुदर्शनले लेख नै लेखेका छन् । अरु कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुले सम्झनाका कुनै शब्द पनि खर्चिएनन् ।

वि.सं. १९८१ को असार १५ गते रामेछापको भँगेरी गाउँमा जन्मिएका पुष्पलाल श्रेष्ठको ५४ वर्षकै उमेरमा निधन भएको थियो । उनी कलकत्तामा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीका प्रथम महासचिव हुन् ।

पुष्पलालकी पत्नी साहना प्रधानको पनि निधन भइसकेको छ । उनी उपप्रधानमन्त्री सम्म भइन् । मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी देशको राष्ट्रपति छिन् । यसकारण पनि मदन भण्डारीको नाम र स्मृति दिवस देखि जन्मदिवसले विशेष महत्व पाउने गरेको विषय पनि उठ्दै आएको छ । पुष्पलाललाई भने एमालेभित्रैबाट छायाँमा पारिदै लगिएको चर्चा चल्न थालेको छ ।

प्रकाशित मिति : १५ असार २०७८ मंगलबार ००:००  २ : २७ बजे