८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

ट्रक त्रिशुलीमा खस्यो, चालक बेपत्ता



काठमाडौं ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित पृथ्वी राजमार्गको चरौँदी ज्यामिरे घाटबाट एउटा ट्रक त्रिशुली नदीमा खसेको छ। वीरगञ्जबाट काठमाडौंका लागि छुटेको ना ३ ख ८०७४ नम्वरको ट्रक मंगलबार विहान त्रिशुली नदीमा खसेको हो। प्रहरीका अनुसार ट्रकमा सवार चालकबाहेक अरु को को थिए भन्ने यकिन भएको छैन।

ट्रकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। वीरगन्जबाट काठमाडौंका लागि छुटेका कपडा लोड गरिएको तीन वटा ट्रकमध्ये एउटा ट्रक सम्पर्कमा नआएपछि गरिएको खोजी कार्यमा दुर्घटनामा परेको पुष्टि भएको थियो। तर नदीको बहाव निकै ठूलो भएकोले ट्रक नदीले बगाएर बेपत्ता भएको अनुमान प्रहरीको छ । बेपत्ता हुने सवारी चालकको पहिचान खुल्न सकेको छैन ।

प्रकाशित मिति : १५ असार २०७८ मंगलबार ००:००  २ : ५० बजे