८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पाँच विद्यार्थी संगठनले आज देशभर विरोध प्रदर्शन गर्दै



काठमाडौं ।

विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले बुधबार काठमाडौं उपत्यकासहित देशैभर सरकारविरुद्ध प्रदर्शन गर्दैछन् ।७७ वटै जिल्लामा बुधबार बिहान ११ बजेपछिको अनुकूल समयमा पाँच विद्यार्थी संगठनले संयुक्त प्रदर्शन गर्ने अखिल क्रान्तिकारी का प्रवक्ता जीपी मैनालीले जानकारी दिए । ‘प्रदर्शनमा प्लेकार्ड प्रदर्शनदेखि प्रधानमन्त्रीको पुत्ला दहनसम्मका विभिन्न कार्यक्रमहरु छन्,’ मैनालीले भने ।
संसद विघटन, शैक्षिक र जनजीविकाका विभिन्न मागहरु राख्दै नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु (सुदेश पराजुली समूह), समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) ले सोमबार संयुक्त रुपमा विरोधका कार्यक्रम सार्वजनिक गरेका थिए ।
सो कार्यक्रमअन्तर्गत उनीहरुले मंगलबार त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डमा ज्ञापन पत्र बुझाएका थिए ।

प्रकाशित मिति : १६ असार २०७८ बुधबार ००:००  ११ : १२ बजे