१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

एमालले बेहोर्ने भयो झलनाथ खनालको उपचार खर्च



काठमाडौँ ।

नेकपा एमालले पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च बेहोर्ने भएको छ । बुधबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेता खनालको उपचार खर्च पार्टीले जिम्मा लिने घोषणा गरेका हुन् । नेता खनाल भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत छन् । बैठकले उनको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

प्रकाशित मिति : १६ असार २०७८ बुधबार ००:००  २ : ३८ बजे