३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

संसद् पुनः स्थापना अनिवार्य शर्त हो, जालझेलमा पर्नुहुन्‍न : ​रामकुमारी झाँक्री



काठमाडौं ।
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले संसद् पुनःस्थापना अनिवार्य शर्त हुनुपर्ने बताएकी छन्। लोकतन्त्र रक्षाको लागि संविधानलाई क्रियाशील गराउनका लागि संसद् पुनःस्थापनाको कुनै विकल्प नभएको उनले दाबी गरेकी छन्।

पार्टीभित्रको विवाद समाधानका लागि निर्णायक वार्ताको प्रयास भइरहेको बेलामा उनले फेसबुकमा लेखेकी छन्, लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशील गराउन संसदको पुनःस्थापना एउटा अनिवार्य सर्त हो। हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ। अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ। त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि पनि आफूहरुलाई जालझेल गरेको संकेत गर्दै अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी रहेको बताएकी छन्। विश्वासको मत लिन र नयाँ सरकार बनाउनुपर्ने काम बाँकी रहेकाले कुनै पनि जालझेलमा पर्न नहुने उनको भनाइ छ।

प्रकाशित मिति : २४ असार २०७८ बिहिबार ००:००  १ : ३८ बजे