१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सुसाइड नोट लेखेर अभिनेत्री जेनी कुँवर झुण्डिइन्,डिप्रेशनको शंका



काठमाण्डौ ।

अभिनेत्री जेनी कुँवर मृत भेटिनु भएको छ । काठमाण्डौ थापागाउँमा रहेको सनराइज सिटी अपार्टमेन्टमा गएराति कुँवरको शव भेटिएको हो । झुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । उहाँको सुसाइड नोट पनि भेटिएको प्रहरीले जनाएको छ । त्यसबारे प्रहरीले केही जनाएको छैन । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । कुँवर यही अपार्टमेन्टमै बस्दै आउनु भएको थियो ।

प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ । पशुपति क्षेत्रमा माता बनेर हिँडेपछि ५० वर्षीया कुँवरको अन्तवार्ता लिने युट्युबरको सङ्ख्या बढेको थियो। कुँवरले जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, बिन्तिपत्र, मलाई माफ गरिदेऊलगायत चलचित्रमा अभिनय गर्नु भएको छ ।

प्रकाशित मिति : २५ असार २०७८ शुक्रबार ००:००  ८ : ३७ बजे