६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

चट्याङ लागेर बुवाको मृत्यु, छोरा घाइते



कञ्चनपुर ।
चट्याङ लागेर भीमदत्त नगरपालिका–९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आइतबार बिहान मृत्यु भएको छ। उनका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबु छोरा बसेका बेला चट्याङले लागेको हो। चट्याङ लागेर घाइते भएका लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ।

प्रकाशित मिति : २७ असार २०७८ आइतबार ००:००  ११ : ४३ बजे