९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

गोरखामा तीन र स्याङ्जाका दुई जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि



गोरखा ।
गण्डकी प्रदेशमा पनि कोरोनाको डेल्टा भेरियन्ट देखा परेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखाको वारपाक सुलिकोट गाउँपालिकाका ३३,४० र ७० वर्षिया तीन जना महिला र स्याङ्जाका कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका दुइजना पुरुषमा उक्त भेरियन्ट देखिएको हो।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट परीक्षणका लागि गत जेठ ३१ गते काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला र त्यहाँबाट अन्तर्राष्ट्रिय स्तरका प्रयोगशालामा पठाइएको थियो।

प्रदेशको स्वास्थ्य निर्देशनालयको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्मा भन्छन्, ‘एक महिनाअघि नै हामीले नमूना परीक्षण गरे पनि डेल्टा भेरिएन्ट परिक्षणका लागि अन्तर्राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्नुपर्दा रिपोर्ट आउन तुलनात्मक रुपमा बढि समय लागेको हो।’

पहिलो अल्फा भेरियन्ट भन्दा यो भेरिएन्टमा संक्रमण दर उच्च हुने भएकाले सुरक्षाका मापदण्ड अपनाएर थप सर्तक रहन उनले सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २७ असार २०७८ आइतबार ००:००  ३ : ०२ बजे