२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

ओली भोलि बालकोट सर्दै



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली भोलि मात्रै निजी निवास बालकोट फर्किने भएका छन्।

नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्ती र शपथको तयारी भइरहेको बेला प्रधानमन्त्री ओली भोलिमात्रै बालकोट जाने स्वकीय सचिवालयले जनाएको छ। सचिवालयका अनुसार साइत हेरेर भोलि बिहान ११ बजे प्रधानमन्त्री ओली बालकोट सर्नेछन्।

ओलीलाई युवा विद्यार्थीले बालकोटमा स्वागत गर्ने तयारी गरेका छन्। झण्डै साढे तीन वर्ष सरकारी निवास बालुवाटार बसेका ओलीलाई सर्वोच्च अदालतले पदमुक्त गर्दै घर पठाउनु फैसला गरेको हो।

प्रकाशित मिति : २९ असार २०७८ मंगलबार ००:००  १२ : ०९ बजे