७ असार २०८३, आइतबार | Mon Jun 22 2026

अष्ट्रेलियाली राजदूत र प्रचण्डबीच भेट



काठमाडौं ।
नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्कले आज बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग शिष्टाचार भेटवार्ता गरेकी छिन्।

भेटका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त राजदूत वोल्कलाई स्वागत गरे।

प्रचण्डले अष्ट्रेलियासँग नेपालको निकै लामो अवधिदेखि सम्बन्ध रहेको उल्लेख गर्दै नेपालका लागि पुर्‍याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरे।

सो अवसरमा अध्यक्षले राजदूत व‍ोल्कको कार्यकालको सफलताको शुभकामना व्यक्त गरे।

भेटवार्ता राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने बताइन्‌। आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि गरिन्‌।

प्रकाशित मिति : ३१ असार २०७८ बिहिबार ००:००  १२ : १३ बजे