संविधानको गला रेट्ने काम पालकबाटै भयो : खिमलाल देवकोटा


काठमाडौं ।
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संविधानको पालकबाटै संविधानको गला रेट्ने काम भएको बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा उनले एक दशक पनि नबित्दै संविधानको गला रेट्ने काम भएको टिप्पणी गरेका हुन् ।

बैठकमा उनले देउवाको पक्षमा भोट दिने एमालेका सांसदहरूको प्रशंसासमेत गरे । उनले भने, ‘सिंगो राज्य व्यवस्थामा नै उथलपुथल गराउने, संविधान कार्यान्वयनको आधा दशक पनि नबित्दै यसका संरक्षक र पालकबाट नै संविधानको गला रेट्ने काम भयो ।

मृत्युशय्यामा पुर्‍याइएको संविधानले नेकपा एमालेका सांसदहरूको सहयोगले जीवनदान पाएको छ । ती सांसद महान् हुन् जसले आफूलाई संविधानवादको पक्षमा उभ्याए । प्रतिनिधिसभालाई जीवित बनाउन अहं भूमिका निर्वाह गरे ।’

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस