२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कमल थापा र विप्लवबीच भेटवार्ता



काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

विप्लव र उनी नेतृत्वको नेकपाका नेतासँग छलफल भएको जानकारी दिँदै थापाले दुवै पक्षबीच समसामयिक विषयमा विचार विमर्श भएको बताएका छन्। छलफलमा राप्रपाका केही अन्य नेता पनि सहभागी थिए।

‘नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सो पार्टीका नेता तथा राप्रपाका नेताहरूबीच आज सौहार्दपूर्ण भेटघाट भयो। दुवै पक्षबीच समसामयिक विषयमा विचार विमर्श भयो। विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ।’, थापाले ट्विट गर्दै भनेका छन्।

विप्लवले सरकार परिवर्तनसँगै शीर्ष नेतासँगको भेटवार्तालाई तीव्रता दिएका छन्।

उनले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए। त्यसअघि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए।

प्रकाशित मिति : ८ श्रावण २०७८ शुक्रबार ००:००  १२ : १३ बजे