३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

माधव समूहलाई अब धेरै कुर्दैनौँः महासचिव पोखरेल



काठमाडौं ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव समूहलाई अब धेरै नकुर्ने बताएका छन् । शुक्रबार साउन १५ का अवसरमा पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पोखरेलले शुक्रबार बेलुकासम्म पर्खिने र नभए शनिबार बस्ने स्थायी कमिटी बैठक बसेर अघि बढ्ने घोषणा गरे ।

‘सम्भवत आज बेलुकासम्म केही कुराहरु होला, त्यसपछि अव धेरै प्रतिक्षा गर्नु उचित हुदैन भन्ने मेरो बुझाइ छ’, महासचिव पोखरेलले एकता प्रशंगमा भने, ‘भोली बस्ने स्थायी कमिटीको बैठकबाट वारपार हुन्छ ।’ उनले बैठकबाटै अव कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बताए । ‘खासगरी महाधिवेशनका कुरा छन्, त्यसभन्दा पहिले विधान महाधिवेशन गर्नुपर्ने कुरा छ । तलका कमिटीहरूलाई व्यवस्थित बनाउने र सदस्यताका कुरालाई व्यवस्थित गर्ने कुराहरु छन् त्यसमा पार्टीले निर्णय गर्छ’, पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  ४ : २६ बजे