१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

भूमि आयोग खारेजीविरुद्ध भूमिहीन सुकुम्बासी संगठनको आन्दोलन घोषणा



काठमाडौं ।
नेपाल भूमिहीन सुकुम्बासी संगठनले भूमि आयोग खारेजीविरुद्ध आन्दोलनको घोषणा गरेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लाखौं भूमिहीनको जग्गा प्राप्ति गर्ने मौलिक अधिकार खोस्ने सरकारको निर्णयविरुद्ध आन्दोलन घोषणा गरेकी हुन् ।

पूर्वकमलरी चौधरी एमाले संसदीय दलको सचेतक पनि हुन् । उनले परमादेशद्वारा गठित सरकारले जमिनको मालिक बन्ने सपना बोकी बसेका लाखौं भूमिहीन सुकुम्बासी र दलितहरूको छातीमा लात हानेको आरोप लगाएकी छन् ।

भूमिहीन सुकुम्बासी संगठनले विरोधपत्र बुझाउने, सुकुम्बासी बस्तिहरूमा जानकारी तथा जागरण कार्यक्रम गर्ने र साउन २४ गते सबै जिल्लामा विरोधसभा गर्ने भएको छ । आन्दोलनका अरु कार्यक्रम त्यसपछि तय हुने बताइएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८ बिहिबार ००:००  २ : १६ बजे