२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

युवा संघको ‘पिपुल्स भोलिन्टियर’ द्वारा शिक्षण अस्पताल सरसफाई



काठमाडौं ।
नेकपा एमालेका वरिष्‍ठ नेता माधवकुमार नेपालपक्षको युवा संघले त्रिवि शिक्षण अस्पताल परिसरमा सरसफाई गरेको छ । युवा संघको पिपुल्स् भोलेन्टियर (पीभी) ले शनिबार विहान साढे सात बजेपछि त्रिवि शिक्षण अस्पताल परिसरमा सरसफाइ गरेको हो ।

युवाहरुलाई समाजप्रतिको दायित्व र कर्तव्य बोध गराउने तथा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले “महिनामा २ दिन-२ घण्टा मेरो, राष्ट्रका लागिू” भन्ने स्वयं सेवकीय अभियान संचालन गर्ने निर्णय गरिएको युवा संघले आज उक्त अस्पतालमा सफाई गरेको हो ।

यो अभियान प्रत्येक महिनाको २ वटा शनिवार २-२ घण्टा देशैभरी निरन्तर संचालन हुने युवा संघले जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०७८ शनिबार ००:००  २ : ०३ बजे